मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?

२३ कार्तिक २०८०, बिहीबार १०:०१

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*