आरम्भ चौतारी लघुवित्तको नाफामा सामान्य गिरावट, कस्ता छन् अन्य सूचक ?

२३ कार्तिक २०८०, बिहीबार १०:१९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तले २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी ६.०३ प्रतिशतले बढेर ३३ करोड ४२ हजार रुपैयाँ र खुद फि तथा कमिसन आम्दानी १९.५३ प्रतिशतले बढेर ६ करोड ७६ लाख रुपैयाँ कमाएको छ ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.९५ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जमा ९९ लाख रुपैयाँ ७६ हजार रुपैयाँ व्यवस्था गरेको छ। जसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा ७.५१ प्रतिशत घट्न पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर २ रुपैयाँ ७७ पैसामा झरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*