गणपति लघुवित्तको नाफा झण्डै ६० प्रतिशतले घट्यो

२३ कार्तिक २०८०, बिहीबार १०:३६

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको हो ।

चालु आर्थिक वर्षको असोज महिनासम्ममा संस्थाको खुद नाफा ५८.२० प्रतिशतले घटेर २८ लाख ८१ हजार रुपैयाँमा सीमीत भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आएसँगै नाफा प्रभावित बनेको हो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.२३% ले घटेर २ करोड ८४ लाख २४ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ५६ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । सञ्चालन नाफा ५८.२१% ले घटेर ४१ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ५९ पैसाले घटेर ७ रुपैयाँ ६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा छ । चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*