निष्क्रिय कर्जा बढेसँगै निर्धन उत्थान लघुवित्त नोक्सानीमा, प्रतिशेयर आम्दानी कति ?

२३ कार्तिक २०८०, बिहीबार ११:२०

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड नोक्सानीमा रहेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको असोज महिनासम्ममा संस्था ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले र सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १० प्रतिशतले घटेर ४३ करोड रुपैयाँ र सञ्चालन मुनाफा २८ प्रतिशतले घटेर ४९ करोड ६६ लाख रुपैयाँमा सीमित रहेको छ ।

गत आवमा कम्पनीको निष्क्रय कर्जा ७ दशमलव १४ प्रतिशत रहेकोमा चालू आवमा बढेर १२ दशमलव ५३ प्रतिशत पुगेको छ । त्यस्तै गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज २६ करोड ९२ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

चालू आवमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको तरलता अनुपात १५ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १६६ दशमलव ६७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*