एनआईसी एशिया लघुवित्तले गर्यो भूकम्प प्रभावित सदस्यलाई सहयोग

२३ कार्तिक २०८०, बिहीबार ११:४२

काठमाडौं । एनआईसी एशिया लघुवित्तले जाजरकोट भूकम्प प्रभावित सदस्यहरुलाई नगद सहयोग गरेको छ ।

कम्पनीले कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित सो क्षेत्रका सदस्यहरुलाई नगद सहयोग गरेको हो ।

May be an image of 7 people

कम्पनीले न्यूनतम क्षती भएका सदस्यहरुलाई २ हजार ५०० रुपैयाँदेखि ६ हजार ५०० रुपैयाँ सम्म गरी ७५५ जना सदस्यहरुलाई दुई लाख रुपैयाँसम्म नगद सहयोग गर्ने गरी खलंगा शाखा अन्तर्गतको रिम्ना, रावतगाँउ र दल्लीमा राहतस्वरुप नगद वितरण गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*