प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

२३ कार्तिक २०८०, बिहीबार १३:३०

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख ९९ हजार ७१० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिन सक्नेछन ।

साथै, तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*