हाइड्रोपावर क्षेत्रमा लगानी गर्न एसियाली क्षेत्रका बैंकरहरुलाई अर्थमन्त्री महतको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियाली क्षेत्रका बैंकरहरुलाई नेपालको हाइड्रोपावर क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। सोल्टी होटलमा एसियन बैंकर्स एशोसिएशन र नेपाल बैंकर्स एशोसिएशनले संयुक्तरूपमा आयोजना गरेको एबीए ३१औं सम्मेलनमा अर्थमन्त्री डा. महतले एसियाली क्षेत्रका बैक सीईओहरुलाई यस्तो आग्रह गरेका हुन्।
अर्थमन्त्री महतले नेपालको हाइड्रोपावर क्षेत्रमा लगानी गर्न चाहने एसियाली बैंकहरुलाई सरकारले पूर्णरुपमा सहयोग गर्ने समेत बताए। पछिल्लो समय नेपालमा लगानीको वातावरण बन्दै गएको जिकिर गर्दै, उनले भने, ‘विश्व अर्थतन्त्र मै समस्या रहेका बेला पनि नेपालमा एफडीआईको सम्भावना उच्च छ । विदेशी लगानीकर्ताका लागि जलविद्युत महत्त्वपूर्ण क्षेत्र हो। यसमा सरकार पूर्ण रुपमा सहयोग गर्न तयार छ ।’
मन्त्री महतले ब्याजदरले मात्रै नभएर लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आएको बताए । बैंकिङ्ग क्षेत्रले आफ्नो लगानीलाई विविधिकरण गर्नुपर्ने समेत उनले बताए ।