सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

२३ कार्तिक २०८०, बिहीबार १५:०५

काठमाडौं । तिहार अघि आम लगानीकर्र्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।

शेयर बजार ११ दशमलव ८५ को अंकले घटेर १८५२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । सोनापुर मिनिरल्सको शेयर आज पनि सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज सात करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको तीन करोड ८१ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको तीन करोड ६३ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको एक करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*