अर्थतन्त्रले माथिल्लो तहको एकल अंककै वृद्धि गर्न सक्छ र ढिलो चाँडो हामी १०औं खर्ब डलरको अर्थतन्त्र बन्न सक्छौंः गभर्नर

२३ कार्तिक २०८०, बिहीबार १५:१२

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपाल पनि १० खर्ब डलरको अर्थतन्त्र बन्न सक्ने दाबी गरेका छन्। नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको दुई दिने एशियाली बैंकरहरूको सम्मेलनको बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

’१० वर्षयता हाम्रो अर्थतन्त्र औसत ४ प्रतिशतले मात्रै बढेको छ, तर ७२ सालको भूकम्पपछि लगातार वार्षिक ८ प्रतिशतले बढ्यो,’ अधिकारीले भने, ’त्यसैले नेपालको अर्थतन्त्रले माथिल्लो तहको एकल अंककै वृद्धि गर्न सक्छ र ढिलो चाँडो हामी १०औं खर्ब डलरको अर्थतन्त्र बन्न सक्छौं।’

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र अहिले रेमिटेन्सले डो¥याएको भए र क्रमशः अर्थतन्त्रको आधार अन्य क्षेत्रलाई बनाउँदै लैजानुपर्ने बताए। उनले कार्यक्रममा उपस्थित भएका विदेशी बैंकरलगायतलाई नेपालमा हाइड्रो, यातायात जस्ता क्षेत्रमा सम्भावना रहेकोले यहाँ लगानी ल्याउन आग्रह गरे।

’सरकारले पनि लगानी मैत्री वातावरण बनाइरहेको छ, हामीले केही वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएका छौं,’ अधिकारीले थपे, ’यसको लागि मात्रै पनि ४५ अर्ब बराबरको रकम चाहिन्छ, यहाँ लगानीको सम्भावना छ। काठमाडौंमा अहिले पनि सहज यातायात अभावमा मानिसहरूले घण्टौं सवारी कुर्नुपर्ने अवस्था छ, यहाँ पनि सम्भावना छ, त्यसैले आउनु यहाँ लगानी गर्नुस्, हामी समृद्धितर्फ लागौं, यसबाट तपाईहरूले पनि राम्रै प्रतिफल पाउनु हुन्छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*