सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बृद्धि, कुनले कति कमाए ?

२३ कार्तिक २०८०, बिहीबार १५:१४

काठमाडौं । तिहार अघि आम लगानीकर्र्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।

शेयर बजार ११ दशमलव ८५ को अंकले घटेर १८५२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा कारोबार भएका २८२ कम्पनीहरुमध्ये ५७ कम्पनीको शेयरमूल्य बढेको छ ।

शेयर बजार घटेतापनि सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ६ दशमलव ९६ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, सनराइज ब्लुचिप फण्डको ५.८५ प्रतिशत, ओरिन्टल होटल्सको ४.०३ प्रतिशत, समाज लघुवित्तको ३ र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*