लघुवित्तको खराब कर्जाका असर मुनाफामा, गत वर्षको तुलनामा ८३ प्रतिशतले घट्यो नाफा

२३ कार्तिक २०८०, बिहीबार १८:००

काठमाडौं । लघुवित्तको खराब कर्जाका असर मुनाफामा देखिएको छ । १५ लघुवित्त कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा चालु आवमा ८३.८४ प्रतिशतले नाफा घटेको हो ।

विवरण अनुसार डिप्रोक्स लघुवित्तले सर्वाधिक नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको प्रथम त्रैमाससम्म ८ करोड ८२ लाख ६५ हजार नाफा आर्जन गरेको छ । यद्यपि यो गत आवको तुलनामा १०.९६ प्रतिशतले कम हो । कम्पनीले गत आवको सोही अवधिमा ९ करोड ९१ लाख ३० हजार नाफा आर्जन गरेको थियो ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले ५ करोड ६ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस लघुवित्तले अघिल्लो आवको सोही अवधिमा ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन चालु आवको तुलनामा २०.५२ प्रतिशतले बढी हो ।

त्यस्तै, आरएसडीसी लघुवित्तको नाफा ६.६५ प्रतिशतले बढेर ४ करोड ७ लाख ७४ हजार रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई लघुवित्तको नाफा २७.१५ प्रतिशतले बढेर ३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

आत्मनिर्भर लघुवित्तको नाफा २७.८१ प्रतिशतले घटेर ५२ लाख ८३ हजार, गणपति लघुवित्तको ५८.२० प्रतिशतले घटेर २८ लाख ८१ हजार, आरम्भ चौतारी लघुवित्तको ११.३० प्रतिशतले घटेर २५ लाख ४४ हजार, सीवाईसी नेपाल लघुवित्तको ८७.४३ प्रतिशतले घटेर १९ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

सपोर्ट लघुवित्तको मुनाफा सर्वाधिक २५९.१० प्रतिशतले बढेको छ । गत आवमा ४ लाख ४५ हजार नाफा कमाएको यस लघुवित्तले चालु आवमा १५ लाख ९८ हजार नाफा कमाएको हो ।

हिमालनय लघुवित्तको नाफा ८५.०९, गुँरास लघुवित्तको ११५.४९, नाडेप लघुवित्तको ९५.८४ र निर्धन उत्थान लघुवित्तको ५३९.३५ ,  निर्धन उत्थान लघुवित्तको ६२८.९५ र जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक १४९८.१६ प्रतिशतले नाफा घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*