तिहारमा फजुल खर्च कम गरौं, यी बैंकको शेयरमा सजिलै लगानी गरौ (सूचीसहित)

२३ कार्तिक २०८०, बिहीबार १७:०६

काठमाडौं । तिहार अघि आम लगानीकर्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।

शेयर बजार ११ दशमलव ८५ को अंकले घटेर १८५२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा कारोबार भएका २८२ कम्पनीहरुमध्ये ५७ कम्पनीको शेयरमूल्य बढेको छ ।

यसै क्रममा अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्यमा गिरावट आएको छ । तिहारका गरिने फजुल खर्चलाई व्यवस्थित रुपमा जम्मा गरी विभिन्न बैंकहरुको शेयर खरिद गर्न सकिने अवस्था रहेको छ ।

नेप्सेका आधारमा प्रभु बैंक र कुमारी बैंकको शेयर सबैभन्दा सस्तो मूल्यमा खरिद गर्न सकिने भएको छ । लगानीकर्ताहरुले प्रभु बैंकको शेयर १५४ रुपैयाँ र कुमारी बैंकको शेयर १५१ रुपैयाँमा नै खरिद गर्न सक्ने भएका छन् । जुन रकम हामिले विभिन्न फजुल खर्चको नियन्त्रण गरी जोगाउन सक्छौ ।

त्यस्तै, नेप्सेका आधारमा नबिल बैंकको शेयरमूल्य सर्वाधिक रहेको छ । बैंकको शेयर ५६९ रुपैयाँमा खरिद–बिक्री भएको छ । यसका साथै, स्ट्याटर्ड चार्टट बैंकको ५२३ रुपैयाँ, एनआइसी एशिया बैंकको ४९९ रुपैयाँ र एभरेष्ट बैंकको ४६१ रुपैयाँमा शेयर खरिद गर्न सकिने भएको छ ।

यसका साथै, नेपाल एसबिआई बैंकको २८८ रुपैयाँ, सानिमा बैंकको २३५ रुपैयाँ, सिद्धार्थ बैंकको २३२ रुपैयाँ, ग्लोबल आइएमई बैंकको २०८ रुपैयाँ, एनएमबि बैंकको २०५ रुपैयाँ, हिमालयन बैंकको १९८ रुपैयाँ र अन्य बाँकी रहेका बैंकहरुको शेयरमूल्य २ सय रुपैयाँभन्दा मुनी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*