नेपाली बैंकहरू खराब कर्जा व्यवस्थापन गर्न सक्ने तहमा छन् : एबीए अध्यक्ष इयुजेन

२३ कार्तिक २०८०, बिहीबार १७:१८

काठमाडौं । नेपाली बैंकहरूले खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमा रहेको  एबीएका अध्यक्ष इयुजेन आसेभेडोले बताएका छन् । उनले  ऋणीहरूलाई समेत ऋण तिर्न समस्या भइरहेको र थप नयाँ लगानी लिन समेत नचाहिरहेकोले विश्वभरका मुलुकहरूमा समेत खराब कर्जा बढेको देखिएको कार्यक्रममा जानकारी दिएका हुन् ।

नेपालको बैंकिङ क्षेत्रको खराब कर्जा निकै कम रहेको र यही कारण डराउनु पर्ने अवस्था नरहेको एशियन बैंकर एसोसिएसनका अध्यक्ष इयुजेन आसेभेडोले बताए।  नेपाल बैंकर एसोसिएसनको आयोजनामा भइरहेको एशियन बैंकरहरूको सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

नेपाली बैंकहरूको कुल खराब कर्जा ३.५ प्रतिशत हाराहारी भनेको धेरै होइन,’ आसेभेडोले भने, ’हाम्रै मुलुकमा बैंकहरूको खराब कर्जा यसको दोब्बर छ।’

कोभिड र पछिल्लो समय रसिया युक्रेन युद्धको कारण आपूर्ति श्रृंखलामा आएको अवरोधको कारण अहिले आसेभेडोले आफूहरू समेत अन्य विदेशी साझेदारसँगको सहकार्यमा नेपालमा लगानी गर्न तयार रहेको समेत बताएका छन्। विश्वभर केही समयदेखि बढिरहेको ब्याजदरको वृद्धिमा अब भने रोकिने समेत उनले दाबी गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*