धौलागिरी लघुवित्तको १५% लाभांश घोषणा

२४ कार्तिक २०८०, शुक्रबार ११:०७

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले १५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले २०७९।८० को नाफाबाट १३ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजीमा १४.२५% बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । धौलागिरी र खप्तड लघुवित्त एक आपसमा मर्ज भएर गत असार २० गतेबाट एकीकृत कारोबार सुरु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*