एनएमबि बैंकले ल्यायो रु २०० को ‘क्यासब्याक अफर’

२४ कार्तिक २०८०, शुक्रबार १३:१६

काठमाडौं । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि रु २०० को क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

तिहारमा विद्युतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पीओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने अफर ल्याएको बैंकले जनाएको छ । क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को न्यूनतम भुक्तानी गर्नुपर्नेछ ।

एनएमबि बैंकले हाल देशैभरी २०१ शाखा, १५७ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*