खराव वित्तीय अवस्थापछि एनसेलको शेयर बिक्री गरेर भाग्दै एक्जियटा

१४ मंसिर २०८०, बिहीबार ०६:४४

काठमाडौं । बैंकहरुको अर्बौ रुपैयाँ ऋण, खराव वित्तीय अवस्थापछि एक्जियटा नामक मलेसियन कम्पनीले एनसेलको शेयर बिक्री गरेर भाग्ने तयारीमा पुगेको छ । बीमापोष्टसहितका सञ्चार माध्यमहरुले एनसेलको वित्तीय अवस्था खराव रहेको, दायित्व सम्पत्ति बराबरी अवस्थामा पुगेको, अर्बौ रुपैयाँ बैंकको ऋण जोखिममा परेको सम्बन्धी समाचारहरु प्रकाशित गरेको थियो ।

बुधबार यही सन्दर्भमा एउटा समाचार बाहिर आयो, एक्जिटा बाहिरिँदै । थुप्रैले चासो र चिन्ता व्यक्त गरिरहेका छन्, एक्जियटाले एनसेलले नेपालका बैंकहरु तथा भेण्डरलाई तिर्न बाँकी करिब ५० अर्ब रुपैयाँ अलपत्र नै छोडेर भाग्ने तयारीमा पुगेको तथ्य खुलेको छ ।

मलेसियास्थित एनसेलका प्रमुख कार्यकारी अधिकृत विवेक सुदले नेपालमा एनसेल चलाउन निकै कठिन भएको भन्दै बाहिरिने तयारीमा रहेको खुलासा गरेका थिए । एक्जियटाले नेपालमा लगानी गरे अनुसारको लाभांश लिइसकेको छ भने अर्कोतर्फ लाइसेन्सको अवधी सकिन लागेको तथा बैंकहरुमा बढ्दो ऋणका कारण पनि एनसेल नेपालबाट बाहिरिन लागेको हो ।

एनसेलले नेपालका विभिन्न बैंकहरुबाट अल्पकालिन तथा दीर्घकालिन ऋण मात्रै २० अर्बभन्दा बढि लिएको छ । त्यस्तै नेपालका विभिन्न पार्टीहरुलाई तिर्नुपर्ने रकम मात्रै २६ अर्ब रुपैयाँ भन्दा बढि बक्यौता रहेको एनसेलको लेखा परिक्षण प्रतिवेदनले देखाएको छ । (यस सम्बन्धी विस्तृत विवरण यहाँ हेर्नुहोला ।)

एनसेल बिक्री गरेर एक्जियटा भाग्नुको अर्को कारण हो, स्मार्टसेल खरिद गरेर लाइसेन्सको अवधी बढाउने योजना असफल हुनु । स्मार्ट सेल खरिद गरेर लाइसेन्सको मूल्य बढाउन पाएको भए एक्जियटा नेपालमै बस्ने थियो । तर, सञ्चार माध्यमहरुको चर्को खवरदारीका कारण स्मार्ट सेल लिलामी गरेर एनसेललाई जिम्मा लगाउने कार्य सफल हुन नसकेपछि एक्जियटा एनसेलको लगानीबारे निकै तनावमा परेर शेयर बिक्री गरेर भाग्न लागेको देखिन्छ ।

एनसेलको अवधी २०८६ मा सकिदैछ । त्यसपछि एनसेल नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्दछ । त्यसैले एनसेलले पछिल्लो समय नयाँ उपकरण थप गरेको थिएन । तर, गत फागुन नेपाल दुर सञ्चार प्राधिकरणमा फोरजी सेवाको गुणस्तर सम्बन्धमा परेको उजुरीका कारण ४५८ वटा नयाँ टावर थप्न बाध्य भएको थियो । एनसेलका अधिकांश टावरहरु पुराना भइसकेको र परर्फमेन्स निकै कम भइसकेकोले दीर्घकालिन रुपमा अघि बढाउन अर्बौ रुपैयाँ लगानी गर्नुपर्ने अवस्था छ । एकातिर बैंकबाट ऋण लिने सीमा सकिएको अवस्था छ भने अर्कोतर्फ तत्काल अर्बौ रुपैयाँ लगानी गर्नुपर्ने भएकोले पनि एनसेलमा एक्जियटा अप्ठेरो अवस्थामा थियो ।

 

कारोबार खस्किँदै गएको एनसेलमा नेपाली बैंकहरुको २० अर्ब डुब्ने खतरा

 

एनसेलको आर्थिक अवस्था गम्भिर अवस्थामा, लेखापरिक्षणमा देखियो २६ अर्ब भुक्तानी बक्यौता र २० अर्ब ऋण

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*