दुर्गा प्रसाईं समूहको गतिविधि रोक्न बैंक तथा वित्तीय संस्थाले गुहारे सरकार

२१ मंसिर २०८०, बिहीबार १०:३४

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका तीन वटै संगठनले दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका गतिविधि रोक्न सरकारलाई गुहारेका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स अशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले प्रसाईं समूहको गतिविधितर्फ लक्षित गर्दै पछिल्लो समय केही व्यक्ति र समूहले वित्तीय संस्था र कर्मचारीप्रति धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र आक्रमण गरिरहेको भन्दै त्यस्ता गतिविधि नियन्त्रणमा लिन भन्दै सरकार गुहारेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक झापाको विर्तामोड शाखाका सहायक म्यानेजर दिनेश पनेरुलाई प्रहरीसमक्ष उभ्याएको घटनालाई लिएर तीन वटै संगठनले दोषीलाई कारबाहीको माग गरेका छन् । वित्तीय क्षेत्रका कर्मचारीलाई सुरक्षित तथा भयरहित वातावरणमा काम गर्ने वातावरण मिलाइदिन समेत उनीहरुले सरकारसँग माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*