बैंक तथा वित्तीय संस्थाले सीएसआरको ४० प्रतिशत रकम भूकम्प पीडितको स्वास्थ्य र सरसफाइमा खर्चिनु पर्ने

२२ मंसिर २०८०, शुक्रबार ११:४५

काठमाडौं । ‘जाजरकोट भूकम्प’का पीडितलाई राहत दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को ४० प्रतिशत रकम अनिवार्य योगदान गर्न आग्रह गरेको छ ।

चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले दुई आर्थिक वर्षको मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुुट्याई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न आग्रह गरेको हो ।

मौद्रिक नीतिको बुँदा नम्बर ३७ मा, ‘२०८० कार्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिने छ’, भनिएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आफुखुसी संस्थागत सामाजिक उत्तरदायित्वको रकम कतै मन्दिर जिर्णोद्धार तथा कतै संग्रहालय मर्मतका लागि खर्च गर्ने गरेका थिए । यो पल्ट भने उनीहरुले खर्च हुने रकममध्येबाट ४० प्रतिशतसम्म जाजरकोट भूकम्पका पीडितको शौचालय र स्वास्थ्यचौकी निर्माणमा योगदान गर्नु पर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*