बैंकले तत्काल घर जग्गा लिलाम गर्न नपाउने, चैत मासान्तसम्म नविकरण गर्ने सुविधा

२२ मंसिर २०८०, शुक्रबार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिस्थितिजन्य कारणबाट समस्यामा परेका ऋणीहरुलाई राहत दिने उद्देश्यले तत्काल घर जग्गा लिलाम नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाए पनि परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण गर्न चैत मसान्तसम्मको समय दिन भनेको छ ।

समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको आधारमा वक्यौता व्याजको १० प्रतिशत रकम असूल गरी कर्जा पुनसंरचना गर्न सक्ने अवधि चैत मसान्तसम्म कायम गरिएको मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*