बैंकको नीतिगत दर ५.५ प्रतिशतमा झारियो

२२ मंसिर २०८०, शुक्रबार १२:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दर घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशतमा झारेको हो ।

यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*