रियलस्टेट कर्जाको जोखिमभार घट्यो

२२ मंसिर २०८०, शुक्रबार १२:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जाको जोखिम भार घटाएको छ । केन्द्रिय बैंकले आज मोदिक्र नीतिको समीक्षा सार्वजनिक गर्दै रियलस्टेटको कर्जा जोखिम भार घटाएको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियलस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*