मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले के भने पत्रकारसँग ?

२२ मंसिर २०८०, शुक्रबार १५:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको कार्यान्वयन वर्षभरी विभिन्न फेजमा गर्नु पर्ने भएका कारण एकै पल्ट यो वा त्यो किन भएन भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् ।

चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले मन्दीको अवस्थामा राष्ट्र बैंकप्रति सबै क्षेत्र र तप्काबाट अपेक्षा रहनु स्वभाविकै भए पनि एकै पल्ट यो वा त्यो किन भएन भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले हाल बैंक तथा वित्तीय संस्थामा लिक्विडिटीको अवस्था प्लस भए पनि सोचे अनुसारको कर्जा जान नसकेको जानकारी दिए । उनले व्याजदर करिडोर मेन्टेन गर्न आफुहरु सक्षम रहेको बताउँदै केही उपकरणहरुमा एक दुई महिना आँखा चिम्लिनुपर्ने अवस्था आएको सुनाए ।

उनले सीआरआर भने अहिले चलाउने अवस्था नरहेको बताएका छन् । यस्तै, सुझबुझले अघि बढ्दा बढ्दै पनि कठिनाईमा परेका ऋणीहरुले आफुलाई सहज हुने ढंगले चैत मसान्तसम्म आफ्नो कर्जाको पुनःसंरचना अथवा पुनतालिकीकरण गर्न सक्ने गभर्नर अधिकारीले बताए । त्यसो भन्दैमा अब ऋण नै तिर्नु पर्दैन भन्ने खालले व्याख्या गर्न नहुने समेत उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*