समता घरेलु लघुवित्तको लाभांश घोषणा

२५ मंसिर २०८०, सोमबार १०:२८

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ७०७६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५।४२२२ प्रतिशत बोनस शेयर रहेको छ भने ०।२८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थं) रहेको छ।

मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*