आत्मनिर्भर लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?

२५ मंसिर २०८०, सोमबार १०:३१

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले बोनस र कर प्रयोजनसहित नगद लाभांश गरी सो दरमा लाभांश वितरण गर्नेछ।

मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*