आईपीओमा १० कित्ते नीति हटाउने तयारी, पुनरावलोकन गर्दै धितोपत्र बोर्ड

२५ मंसिर २०८०, सोमबार १४:५४

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले आईपीओमा न्यूनतम १० कित्ता नीति हटाउने तयारी गरेको छ । सेबोनले १० कित्ते नीति पुनरावलोकनको लागि समिति गठन गरेर हटाउने तयारी थालेको हो । बोर्डले १० कित्ता नीति पुनरावलोकन गर्ने भएको छ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले १० कित्ता नीति पुनरावलोकनको लागि प्रविण कुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगाना सहितको समिति बनेको बताएका छन् ।

सदस्यहरुमा मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् ।हाल आइपीओ भर्दा १० कित्ताका लागि मात्र आवेदन दिन मिल्ने व्यवस्था रहेको छ । यस्तो व्यवस्थाले जस्तो सुकै कम्पनीको सेयर पनि बिक्री हुने गरेको र अन्डरराइटले पनि सजिलै अन्डरराइट गर्ने गरेको देखिन्छ ।

त्यसैले गर्दा १० कित्ता नीति हटाउनु पर्छ भन्ने आवाज पनि उठ्न थालेको हो । सेयर बजारलाई गाउँसम्म पुर्याउने भनेर बोर्डले १० कित्ता नीति ल्याएको थियो ।१० कित्ते नीति ठीक कि बेठीक भन्ने पछिल्ला दिनहरुमा व्यापक बहस चलेको छ । सोही कारण यसमा गहन अध्ययन गरेर निष्कर्षमा पुग्न समिति गठन गरिएको बोर्डको भनाई छ ।

बोर्डले यो नीति खारेज गर्न सक्ने सम्भावना पनि देखिएको स्रोतहरुको भनाई छ । यसअघि रेवत बहादुर कार्कीको कार्यकालमा सकेसम्म सबैलाई सेयर दिने गरी यो नीति ल्याइएको थियो । यस नीतिपछि आइपीओ भर्नेको संख्या ह्रवात्तै बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*