विवादित ‘रामग्राम’ निर्माणको उदघाटनमा बौद्ध धर्मगुरु र विक्षुहरुलाई यसरी उतारियो (फोटोसहित)

२६ मंसिर २०८०, मंगलवार १२:२०

काठमाडौं । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका –७ उदैनीका करिब ४०० घर परिवारलाई उठिबास लगाएर ७५ अर्ब रुपैयाँमा बसाउन लागिएको नयाँ शहर निर्माणको उदघाटन हुँदैछ । जसका लागि बौद्ध धर्मगुरु तथा भिक्षुहरुलाई रामग्राम उतारिएको छ ।

देशैभर ठेक्कापट्टामा कब्जा जमाएर कामै नगरी जनतालाई दुःख दिँदै आएका ठेकेदार शारदा प्रसाद अधिकारीका छोरा निकेश अधिकारीले प्रमिश ल्याण्ड नामक प्राइभेट कम्पनी खडा गरेर लुम्बिनी जस्तै रामग्रामको विकास गर्ने भनी परियोजनाको शुभारम्भ गर्न लागेका हुन् ।

विवादित ठेकेदार शारदा प्रधानमन्त्री प्रचण्डका घरबेटी समेत हुन् । यसै सम्बन्धको फाइदा उठाएर अधिकारीसहितको गिरोहले रामग्राम उदैनीमा प्रमिश ल्याण्ड प्रालिमार्फत हालको बस्ती उठाउने र नयाँ ऐतिहासिक शहर बसाउने योजना अघि सारेका छन् । जहाँ ७५ अर्ब रुपैयाँ खच्र्याउने कुरा छ ।

विवादित छविका ल्हारक्याल लामा हाल लुम्बिनी विकास कोषको उपाध्यक्ष बनेपछि उनकै मिलेमतोमा अर्बौ रुपैयाँ घोटाला गर्न यो परियोजना अघि बढाइएको तथ्य बीमापोष्टले प्राप्त गरेको छ । यो प्रकरणमा पर्यटन मन्त्री सुदन किराँती समेत नियतबस अथवा अन्जानबस व्यापक रुपमा लागि परेको बताइएको छ ।

रामग्राममा विकास गर्न लागिएको नयाँ परियोजनाले करिब ४०० घर परिवारको उठिबास हुने नगरपालिकाका जनप्रतिनिधिले स्वीकार गरेका छन् । संस्कृति पर्यटन मन्त्री सुदन किराँती र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाको दबाबमा यो काम अघि बढिरहेको उनीहरुको भनाइ छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भनी सुरु गरिएको बृहत परियोजना विवादित ठेकेरा अधिकारीका छोरा निकेश अध्यक्ष रहेको प्रमिश ल्याण्ड प्रालिको मुख्य अगुवाईमा हुन लागेको लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले स्वीकारेका छन् ।

रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले नयाँ रामग्रामको प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिएकी छन् । यद्यपि प्रधानमन्त्री प्रचण्डको सचिवालयले यसबारे केही बताएको छैन ।

One thought on “विवादित ‘रामग्राम’ निर्माणको उदघाटनमा बौद्ध धर्मगुरु र विक्षुहरुलाई यसरी उतारियो (फोटोसहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*