सिटिजन्स बैंक पूर्वअध्यक्ष भण्डारी सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्य नियुक्त

२७ मंसिर २०८०, बुधबार ११:३०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका पूर्व अध्यक्ष राजन सिंह भण्डारी सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भण्डारीलाई बोर्ड सदस्य नियुक्त गरेको हो ।

भण्डारी केही समयअघिसम्म सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्ष थिए भने त्यो भन्दा पहिले उनी सिटिजन्स बैंककै प्रमुख कार्यकारी अधिकृत थिए ।  भण्डारीले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर समेत काम गरिसकेका छन् । कोषको अध्यक्ष श्रम मन्त्रालयको सचिव रहने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*