बैंकहरूले ब्याजदर घटाउन थालिसके अर्थतन्त्र अब सहज हुँदैछ: अर्थमन्त्री डा. महत

२७ मंसिर २०८०, बुधबार ११:४४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरुले व्याजदर घटाउन थालेसँगै अर्थतन्त्र सहज भयो भन्ने संकेत प्राप्त भएको बताएका छन् । अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा उनले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बैंकहरुले व्याजदर घटाउँदै गएकाले अर्थतन्त्र सहज भएको रुपमा लिनु पर्ने बताएका हुन् ।

मौद्रिक नीतिको समीक्षाले ऋण लिएकाहरुलाई पनि चैत मसान्तसम्मको समय दिएकाले केही सहज भएको अर्थमन्त्री महतले बताए । उनले भने, ‘व्याजदर घट्दै गएको अवस्था छ । र, त्यो अझै कम हुँदै जाने देखिन्छ । औसत आधारदर पनि बैंकहरुले कायम गर्न थालेका छन् । यसलाई अर्थतन्त्रमा सहजता आएको रुपमा लिनुपर्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*