अर्थमन्त्री महतले भने-युवाहरुको विदेश पलायन रोक्न आगामी लगानीसम्मेलन निर्णायक

२७ मंसिर २०८०, बुधबार १२:०१

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको विदेश पलायन रोक्न आगामी लगानी सम्मेलन निर्णायक सावित हुने बताएका छन् । बुधबार अर्थमन्त्रालयमा पत्रकारहरुलाई डाकेर अर्थमन्त्री डा. महतले युवाहरुको विदेश पलायनलाई रोक्न आफुहरुले आगामी वैशाखमा हुने लगानी सम्मेलनमार्फत आइटी लगायत युवा उद्यमशीलताको विकासलाई बढावा दिन लागेको बताए ।

उनले भने, ‘त्यो लगानी सम्मेलनले नेपाली, विदेशी र गैरआवासीय नेपाली लगानीकर्तालाई आकर्षित गर्ने एउटा अभियानको सुरुवात गर्ने छ ।’  यस्तै, अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधारका संकेतहरु देखा परिसकेको बताउँदै अब अर्थतन्त्रले निर्णायक मोड लिने बताए । उनले अर्थतन्त्रका विभिन्न सूचकहरु सकारात्मक देखिएको र पुँजीगत खर्च नै ६ प्रतिशतले बढेको जानकारी दिए ।

उनले अगाडि भने, ‘राजस्व १३ प्रतिशतले वृद्धि भएको अवस्था छ । यस्तै, मूल्य अभिवृद्धि करमा उल्लेख्य वृद्धि भएको छ भने आयकर १२ प्रतिशतले बढेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*