सेबोन-बीमा प्राधिकरण सहितका नियामकका गलत र विवादित काम रोक्छौ: अर्थमन्त्री अर्थमन्त्री डा. महत

२७ मंसिर २०८०, बुधबार १२:२२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नियामक निकायहरुले गरिरहेका गलत तथा विवादित काम रोक्न अर्थमन्त्रालय तयारी अवस्थामा बसिरहेको बताएका छन् । पत्रकारहरुसँगको अन्तरक्रियामा अर्थमन्त्री डा.महतले बाहिर बजारमा क्यापिटल मार्केटको नियामक नेपाल धितोपत्र बोर्डलगायतबारे कुरा आइरहेको र त्यस सम्बन्धमा आफुहरुले पटक–पटक सचेत गराउने तथा निर्देशन दिने काम गरेको बताए ।

उनले भने, ‘उहाँहरु विधिपूर्वक चले नचलेकोबारे हामीलाई सबै जानकारी छ । हामी सचेत छौैँ र पछिल्लो समय मार्केटमा आएका कुराहरुबारे पनि हामीले सचेत गराइसकेका छौँ । यो मामिलामा अर्थ मन्त्रालय गम्भीर रहेको कुरा यहाँहरुलाई निवेदन गर्दछु ।’ नियामकहरु आफैंमा स्वनियमनकारी एवं स्वायत्त हुने भए पनि अर्थतन्त्रलाई गलत दिशामा लैजाने कार्य सरकारलाई स्वीकार्य नहुने अर्थमन्त्री महतले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*