हालसम्म १२ बैंकले गरे लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

२७ मंसिर २०८०, बुधबार १३:४९

काठमाडौं । हालसम्म नेपालमा सञ्चालित १२ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेकामध्ये एनआइसी एशिया बैंकले सबैभन्दा बढी लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीलाई घोषणा गरेको बोनश र नगद गरी कुल ३० दशमलव ५२ प्रतिशत लाभांश बैंकको साधारण सभाले समेत पारित गरिसकेको छ ।

त्यस्तै, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, स्टान्डर्ड चार्टड बैंकले १९ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, नबिल बैंकले ११ प्रतिश नगद मात्रै लाभांश वितरण गर्ने भएको छ ।

साथै, नेपाल एसबिआई बैंकले कुल १० दशमलव ५५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७ दशमलव ३७ प्रतिशत, सिटिजन्स बैंकले ५ दशमलव ७९ प्रतिशत र सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ ।

एनएमबि बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् । बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् ।

लाभांश घोषणा गरिसकेको लक्ष्मी सनराइज बैंकले भने बुक क्लोजको मिति तय गरिसकेका छैन । यो बैंकको सेयर खरिद गर्नेहरु अझै पनि घोषित लाभांश पाउनका लागि हकदार हुनेछन् ।

माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेका छन् भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नगद लाभांश घोषणा गरेका केही बैंकले सेयरधनीको बैंक खातामा लाभांश प्रदान गरिसकेका छन् ।

कुनले कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*