डिप्रोक्स लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२७ मंसिर २०८०, बुधबार १३:०१

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थीमा केही संख्याले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी दक्ष र मोटरसाईकल चालक अनुमति पत्र प्राप्त भएका उम्मेदवारलाई प्राथमिकता दिने जनाएकोछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २७ गते) ले १५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय सितापाईला र इमेल मार्फत आवेदन दिन सकिनेछ ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*