महिला लघुवित्तको प्रथम त्रैमासिकको समीक्षा बैठक देशैभरी सम्पन्न

२७ मंसिर २०८०, बुधबार १५:५०

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले देशैभरीमा आर्थिक वर्ष २०८०र८१ को प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । सस्थाको अन्तिम चरणको क्रममा मंसिर २३ र २४ गते बागमती प्रदेश अन्र्तगतका १७ वटा शाखाहरुको प्रथम त्रैमासिक गोष्ठी सम्पन्न भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित समिक्षा गोष्ठमा संस्थाका सहायक कार्यकारी अधिकृत, बरिष्ठ प्रबन्धक तथा बिभागीय प्रमुखहरुको बिशिष्ट आतिथ्यता रहेका थियो ।

समिक्षा बैठकमा बोल्दै प्रमुख अतिथी न्यौपानेले हालको अवस्थामा लघुवित्त माथि चौर्तफी प्रहार भइरहेकाले सजग र संयमित भएर काम गर्न मातहत बिभाग र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बजारमा अराजक तत्वहरुले सदस्यहरुलाई भडकाउने, झुटा आस्वाशन देखाउने र कर्जा मिनाहा गरिदिन्छु भन्दै सदस्यहरुबाट रकम असुल गर्ने काम भइरहेको बताउदै उक्त कार्यमा संलग्न जो कोहिलाई पनि कानुनको दायरामा ल्याउन सबैले एकजुट भएर लाग्नु पर्ने बताए ।

सोहि कार्यक्रममा न्यौपानेले संस्था र संस्थामा जिम्मेवार पदमा कार्यरत कर्मचारीहरु माथि समाजिक सञ्जालको माध्यमबाट गलत प्रचार प्रसार गरी संस्था बिरोधी पक्षलाई मलजल गर्ने जो कोहिलाई पनि कारवाही गरिने बताए ।

वित्तीय संस्थाले प्रथम त्रैमासिक अवधिमा थप ५ वटा नयाँ शाखा समेत बिस्तार गरेका छ । नयाँ शाखाहरुको उद्घाटन सत्रमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले दुरदराजमा रहेका बस्तीहरुमा वित्तीय सेवा पुगाउने लक्ष्यका साथ हामी आएको र यस महानकार्यमा यस ठाउँका जनप्रतिनिधीहरु ,स्थानिय तहका प्रमुख , उप प्रमुख , वडा अध्यक्ष ,समाजसेवी ,दिदिबहिनी सबैको साथ सहयोग रहनेमा आफु बिस्वस्त रहेको बताए । शाखा विस्तार अन्र्तगत सुदुरपश्चिम प्रदेशमा बैतडीको खोड्पे र शिवनाथ, डोटीको सायल र विपीनगर, तथा कर्णाली प्रदेशको जुम्लाको हिमामा नयाँ शाखा विस्तार गरेको प्रदेश प्रमुख नारद न्यौपानेले जानकारी दिए ।

निकट भविस्यमा सुदुरपश्चिम प्रदेशका पहाडी सबै जिल्लाहरुमा केन्द्रिय बैंकको अनुमती र संस्थाको बजेट केन्द्रित रहेर शाखा बिस्तार गरिने प्रदेश प्रमुख नारद न्यौपानेले बताए । यसै गरी कर्णाली प्रदेशमा पनि सोहि बमोजीम नयाँ शाखा बिस्तारका लागि अनुमतीका लागि पहल गर्ने कर्णाली प्रदेश कार्यालय प्रमुख प्रकाश चन्दले जानकारी दिए ।

समिक्षा गोष्ठी अन्र्तगत मंसिर ८ गते गण्डकी प्रदेश, १० र ११ गते मधेस र कोशी प्रदेश, १३ र १४ गते लुम्बिनी प्रदेश, १५ गते कर्णाली प्रदेश, १८ र १९ गते सुदुरपश्चिम प्रदेश र २३ र २४ गते बाग्मती प्रदेशमा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न भएको सामान्य सेवा बिभाग प्रमुख ममिला पौडेलले जानकारी दिए । गोष्ठीमा प्रमुख कार्यकारी अधिकृत,सहायक कार्यकारी अधिकृत, बिभागीय प्रमुखहरु,सातै प्रदेशका प्रदेश प्रमुखहरु र प्रदेश कर्मचारीहरु लगायत ७६ वटै शाखा कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*