विकास बैंक उपसूचक सर्वाधिक बृद्धि हुदा यी बैंकका लगानीकर्ताले सर्वाधिक कमाए

२७ मंसिर २०८०, बुधबार १६:४०

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधवार नेप्से परिसूचक झिनो अंकले बढेको छ । कारोबार खुलेको केही समयानै २ हजारको विन्दुमा उक्लिएको शेयर बजार फेरी १९ सयको विन्दुमा कायम भएको छ ।

बुधबार नेप्से परिसूचक २ दशमलव ६० अंकले बढेर १९८८ दशमलव ०४ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विकास बैंकको उपसूचक १ दशमलव १५ प्रतिशतले सर्वाधिक बढेर ११९७ दशमलव ४५ को विन्दुमा कायम भएको छ ।

सोही दिन कारोबारमा आएका जम्मा १६ विकास बैंकमध्ये १३ बैंकको शेयरमूल्यमा वृद्धि आयो भने २ कम्पनीको शेयरमुल्यमा गिरावट आएको छ ।

बुधबार एक्सेल विकास बैंकको शेयरमुल्य सर्वाधिक ७.७५ प्रतिशतले बढेको छ । कर्पोरेट विकास बैंकको शेयरमूल्य सर्वाधिक ०।१२ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*