समयमै सूचना उपलब्ध नगराउदा फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का

२८ मंसिर २०८०, बिहीबार १६:०३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का गरेको छ । सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको सूचना समयमा नै नदिँदा नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको हो।

नेप्सेले समयमा नै सूचना उपलब्ध नगराएको भन्दै तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। कम्पनीले स्पष्टिकरण पेश गरेपछि मात्रै नेप्सेले शेयर कारोबार खोल्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*