नेपाल बैंकको सिईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा

१ पुष २०८०, आईतवार २२:१९

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि पाँच जनाको नाम सर्टलिष्टमा परेको छ । अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्टमा परेको छ ।

बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरू सर्ट लिष्टिङ्गमा छनौट भएका हुन् ।

सिईओ पदको लागि आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख थियो । सम्बन्धित क्षेत्रका दश वर्षको कार्य अनुभव भएकाहरुले आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*