लाभांश प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले डाक्यो साधारण सभा

२ पुष २०८०, सोमबार ०६:५७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चौधौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २८ गते शनिबार आम्रपाली ब्याङ्केट, भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको हो ।

सभाले चुक्ता पूँजीको ७.५ प्रतिशतले हुन आउने ८ करोड ६० लाख ८० हजार ९४६ रुपैयाँ नगद लाभांश पारित गर्नेछ । सभाले लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने, नाफा नोक्सानसहित वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभामा चुक्ता पूँजीको ७.५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने, कम्पनीको अधिकृत तथा जारी चुक्ता पूँजी (एक अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँ) बाट बृद्धि गरी १ अर्ब २३ करोड ३८ लाख २६ हजार ९०२ रुपैयाँ पुर्याउने तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न अख्तियारी प्रदान गर्नेजस्ता विशेष प्रस्ताव रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*