लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

२ पुष २०८०, सोमबार १०:३९

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् ।

कम्पनीको मङ्सिर पुस १ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*