प्रभु बैंकका सीईओको गैरकानूनी नियुक्ति सदर गरेका शर्माले भने-सर्वोच्चबाट चोखो भएर निस्कने मै हुन्छुँ

२ पुष २०८०, सोमबार १३:२५

काठमाडौं । प्रभु बैंकका सीईओको गैरकानूनी नियुक्ति सदर गरेका महेश शर्मा पौडेलले हालसम्म आफु विवादरहित रहेको र सर्वोच्च अदालतबाट अवकाश हुँदा समेत कुनै विवादमा नफसी निस्कने बताएका छन् ।

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित शर्मा पौडेलले संसदीय सुनुवाइका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आफू लामो समयदेखि न्यायपालिकामा संलग्न भएको र कुनै पनि समय विवादमा नपरेका कारण यही छवि कायम राख्ने बताएका हुन् ।

उनले भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिने निष्कर्ष निकालेकाले त्यस्ता काममा नलाग्ने जिकिर समेत गरे । पौडेलले आगामी दिनमा सर्वोच्च अदालतमा मुद्दा फर्स्योटको कामले गति लिने अपेक्षा गर्दै के गर्छस् भन्दा पनि मसँग अहिले समय छैन, भने ।

उनले भारत र पाकिस्तानमा भन्दा नेपालको सर्वोच्च अदालतले मुद्दा फर्स्योटको कामलाई छिटो सम्पन्न गर्ने गरेको जिकिर समेत गरे । ३० वर्ष काम गरिसकेको र अब साढे ६ वर्ष निष्ठा र इमान्दारितापूर्वक गर्ने पौडेलले सांसदहरुमाझ बताए ।

शर्मा तिनै न्यायाधीश हुन्, जो उच्च अदालत पाटनको कायम मुकायम मुख्य न्यायाधीश हुँदा प्रभु बैंकका सीईओ अशोक शेरचनको गैरकानूनी नियुक्ति सदर गरेका थिए । शेरचनले दोस्रो कार्यकाल पूरा खाएर पनि एक्विजिसनको बहानामा फेरि दननीयतपूर्वक दोस्रो कार्यकाल खाइरहेका छन् । जुन नियुक्तिलाई शर्मासहितको बेन्चले हालसालै सदर गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*