नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२ पुष २०८०, सोमबार १५:०६

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै सोमबार नेप्सेमा कारोबार भएका १६५ कम्पनीको शेयरमा हरियाली छाएको छ । जसमा नौ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार बोटलर्स नेपाल, स्वरोगजगार लघुवित्त, जीवन विकास लघुवित्त, सूर्यज्योति लाइफ, बिपिडब्लु लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी लगायतको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*