सोमबार ९७ कम्पनीको शेयरमूल्यमा गिरावट, कुनले कति गुमाए ?

२ पुष २०८०, सोमबार १५:१४

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै सोमबार नेप्सेमा कारोबार भएका ९७ कम्पनीको शेयरमा गिरावट आएको छ । जसमा हिमालयन पावर पार्टनरको शेयरमूल्य ७ दशमलव ८६ प्रतिशतले सर्वाधिक गुमाएको छ ।

सोमबार दोल्ती पावर कम्पनी, अप्पर स्याङ्गे हाइड्रोपावर, मोदी इनर्जि लिमिटेड, माइखोला हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*