लाभांश प्रस्तावसहित साना किसान विकास लघुवित्तको साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

५ पुष २०८०, बिहीबार ११:५६

काठमाडौं । साना किसान विकास लघुवित्तले लाभांश प्रस्ताव पारित गर्नको लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले पुष २९ गतेका दिन कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो ।

सभामा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट २ जना र संस्थापक समूहबाट ४ जना सञ्चालक पनि नियुक्ति गर्नेछ ।

त्यस्तै, सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १६ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १५ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त र सभामा भाग लिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*