सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम बहन नगर्ने बाल बीमा पोलिसी बिक्री गरेर ठगी गर्दै

५ पुष २०८०, बिहीबार १३:०८

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले त्रुटीपूर्ण बालबीमा पोलिसी बिक्री गर्दै आएको खुलेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा सुर्यज्योति लाइफले बालबालिका सम्बन्धी बीमा पोलिसी बीमाको आधारभूत सिद्धान्त भन्दा विपरित तयार गरी झुक्याएर बिक्री वितरण गर्दै आएको खुलेको छ । कम्पनीले हालसम्म सयौं बाल बीमा पोलिसी बिक्री गरिसकेको छ ।

सुर्यज्योति लाइफले हाल बिक्री गरिरहेको ‘सुनौलो भविष्य बाल जीवन बीमा पोलिसी’ मा बीमितको जोखिम केवल २५ प्रतिशत वा तिरेको बीमा शुल्क मात्रै रक्षावरण गरिएको पाएको छ । बीमाको आधारभूत सिद्धान्त अनुसार बीमितको शतप्रतिशत जोखिम रक्षावरण गर्नुपर्ने हुन्छ । तर, सुर्यज्योति लाइफको उक्त बाल बीमा पोलिसीमा बीमित बालबालिकाका कुनै कारणबाट निधन भएमा बीमाङ्क रकम पाउने छैनन् । जम्मा २५ प्रतिशत वा तिरेको बीमा शुल्क जुन बढि हुन्छ सो पाउनेछन् र बीमा पोलिसी स्वतः अन्त्य हुनेछ ।

बीमितको निधनमा जोखिम बहन नगर्ने बीमा पोलिसी बीमा पोलिसी हुनै नसक्ने बीमा क्षेत्रका जानकारहरु बताउँछन् । तर, सुर्यज्योति लाइफले बीमाको आधारभूत सिद्धान्त, मूल्य मान्यता विपरित दिन दहाडै बीमितको जोखिम रक्षावरण नगर्ने बीमा पोलिसी बिक्री वितरण गरिरहेको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई बिक्री वितरण गर्दै आएको सुर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमालेखको शर्त नं ३ मा भनिएको छ, ‘जोखिम प्रारम्भ भए हुने मितिपछि बीमालेख चालु रहेको अवस्थामा बीमित बालबालिकाको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्कको २५ (पच्चिस प्रतिशत) वा यस बीमालेख बापत बीमकलाई भुक्तानी गरिएको बीमा शुल्क (पुरक करार (हरु) बापतको बीमाशुल्क बाहेक) मध्ये जुन बढि हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।’

त्यस्तै, शर्त नं २ मा जोखिम प्रारम्भ हुनु अगावै बीमित बालबालिकाको मृत्यु भएमा बीमितले करार बमोजिम रकम पाउने अर्थात २५ प्रतिशत मात्रै जोखिम बहन हुनेछ र बीमालेख स्वतः अन्त्य हुने उल्लेख छ । बीमा ऐनमा बीमितको जोखिम धारणको लागि बीमा गरिने उल्लेख छ । तर, बीमा ऐन र बीमाको सामान्य सिद्धान्त विपरति सुर्यज्योति लाइफले बीमितकै जोखिम धारणा नगर्ने बीमा पोलिसी बिक्री वितरण गरेर जनतालाई ठगी गरिरहेको हो ।

 

सो पोलिसीमा बीमित बाहेक बालबालिकाको बीमा गर्न प्रस्ताव गर्ने बीमितका अभिभावकको निधन भएमा भने शतप्रतिशत जोखिम धारण गरिएको छ । बीमितको जोखिम धारण नगर्ने उक्त बीमा पोलिसीले बीमितको प्रस्तावकको भने शतप्रतिशत जोखिम धारण गर्ने सोही पोलिसीको शर्त नं ४ मा उल्लेख छ । त्यस्तै शर्त नं ५ मा बीमित र प्रस्तावकको एकैसाथ निधन भएमा प्रस्तावकको बीमाङ्क रकम शतप्रतिशत र बीमित बालबालिकाको निधन बापत बीमाङ्क रकमको २५ प्रतिशत पाउने उल्लेख छ । सो बीमालेख अनुसार पुरक करार सम्बन्धी लाभ पनि बीमित बालबालिकाले पाउने छैनन्, केवल प्रस्तावकले मात्रै पाउनेछन् ।

बीमितिले बुझ्नै नसक्ने अत्यन्तै साना अक्षर बनाएर बिक्री गरिएको बीमा पोलिसीमा बालबालिकाको बीमा गर्दा झुक्याउने गरिएको एक बीमा अभिकर्ताले स्वीकार गरे । ‘हामीले जोखिम बहन २५ प्रतिशत मात्रै हुन्छ भन्नै सक्दैनौं, तर कम्पनीले दिएको पोलिसी भएकोले बिक्री गरिरहेका छौं, अक्षर साना छन्, सबै हेरेर साध्य छैन, पोलिसी लिएर गएपछि पनि केही भन्न आएका छैनन्’, ति अभिकर्ताले बीमापोष्टसँग भने ।

बीमितको जोखिम रक्षावरण नगर्ने बीमा पोलिसी बिक्री वितरण गरिएको सम्बन्धमा सो कम्पनीका सूचना अधिकारी उमेश मैनालीसँग जिज्ञाशा राख्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

 

 

5 thoughts on “सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम बहन नगर्ने बाल बीमा पोलिसी बिक्री गरेर ठगी गर्दै

  1. sahaj rana magar says:

    नमस्ते, म सहज राना मगर, नेपाल पत्रकार महासंघ नवलपुरको जिल्ला सदस्य पेशाले हाल इन्स्योरेन्स कर्मि
    तपाईले समाचार सम्प्रेशण गर्ने वेला एकचोट पोलिस कसरि बनाउँछ भन्ने कुरा बुझ्न जरुरी छ र अर्को कुरा कम्पिनिले चाइयो भन्दैमा जस्तो पायो त्यस्तो पोलिसी बनाएर वेच्न पाउँदैन एकचाटी पछिल्लो समय विमा प्राधिकरणले बाल विमामा बनाएको निर्देशीका पढ्नुहोला र अरु कुनै पनि इन्स्योरेन्सले बाल विमामा सूर्यज्योतिको भन्दा फरक सुविधा छ भने तपाईले समाचार लेख्नुहोला विमा प्रति र कं. प्रति व्यक्तिगत स्वार्थ राखी जुन समाचार लेख्नु भएको छ यो निन्दनिय छ ।

    1. Bibakhar rimal says:

      धेरै जीवन बीमा कम्पनीहरूका बालबालिका केन्द्रित पोलिसीहरुमा य‍ो भन्दा फरक प्राप्धान छ बच्चाको जोखिम प्रारम्भ भए पश्चात् 100% जोखिम बहन हुन्छ भने अभिभावकको बिमा प्रारम्भ देखि अन्तिमसम्म 100% नै जोखिम ग्रहण हुन्छ । आफ्नो आम्दानीको लोभमा आफन्तलाई नझुक्याएकै जाति
      बिमा गर्नुनै छ भने नेशनल लाईफमा गरौ देशैभरि म सेवा दिन सक्छु । 15 बर्ष भन्दा बढिको मसंग अनुभव छ बिमाको ,
      बरिस्ठ ब्यावसाय प्रबन्धक
      बिबाखर रिमाल
      9858087716

  2. MEGH RAJ KHADKA says:

    सबैभन्दा पहिला यस्ता समचार बनाउँदा राम्रो संग अघ्ययन गरेर बनाउँदा उत्तम होला।समाचारमा वीमाको आधारभुत सिध्दान्त विपरित भनिएको छ बच्चाको वीमा योजनामा आधारभुत सिद्दान्त के छ? वीमा विज्ञका अनुसार भनेर हवाला दिएको छ को हो वीमा विज्ञ भनेको नाम चाहिदैन।वीउँको परिक्षण विज्ञले होईन माटोले गर्छ।वीमा कम्पनीले नियमनकारी निकाय वीमा प्राधिकरणको नीति निर्देशनमा काम गर्छ।कुन वीमा कम्पनीले भगेरे टाउके अक्षरमा शर्त करारनामा उल्लेख गरेको हुन्छ?पकेटको मान्छेको ईसारा कोही कर्मचारी,कम्पनी,अभिकर्ता मन परेन भनेर नबुझी भ्रम छर्नु के राम्रो हो?

  3. सुदिप says:

    हावा समाचार्। बिमा समिति ले किन पास गर्यो त

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*