मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?

६ पुष २०८०, शुक्रबार १०:२६

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले शेयरधनीलाई ९ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव ५१३२ प्रतिशत नगद गरी कुल १० दशमलव २६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते दिउसो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आउदो वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*