लाभांश प्रस्तावसहित सपोर्ट लघुवित्तद्वारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

६ पुष २०८०, शुक्रबार १०:४९

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लगायतका अन्य आवश्यक प्रस्तावहरु पारित गर्नको लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नो ९औं वार्षिक साधारण सभा पुस २७ गते, शुक्रबारका दिन दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बोलाएको छ । सभा बिहान साढे ९ बजे शुरु हुनेछ ।

कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेल लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभाश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*