ग्लोबल आइएमई बैंकको १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक

६ पुष २०८०, शुक्रबार १६:५०

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको जनाएको छ ।

उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले सहज रुपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ ।

यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९।९९ देखि १०।९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०।९९ देखि ११।४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११।४९ देखि ११।९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहीत रही आवश्यक कागजातहरु पेस गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ ।

ग्राहकले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*