एफपीओ र मर्जरसम्बन्धी कर बुझाँउदा मुनाफा र लाभांशमा देखिने असरको कारण वाणिज्य बैंकहरुको शेयर मूल्यमा उच्च गिरावट, (सूचीसहित)

७ पुष २०८०, शनिबार ०८:२७

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोेरो अंकले घटेको छ । बिहीबार शेयर बजार ३२ अंकले घटेर २१०९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै बिहीबार कारोबार भएको बैकिङ्ग उपसूचक १ दशमलव ८७ प्रतिशत अर्थात २३ अंकले घटेर १२२७ को विन्दुमा कायम भएको छ ।

बिहीबार कारोबार भएका वाणिज्य बैंकहरुमध्ये नबिल र स्टयाण्डर्ड चार्टड बैंकको शेयरमूल्य बढेको छ । अन्य सबै बैंकको शेयरमूल्यमा सामान्य अंकले गिरावट आएको छ ।

अदालतको आदेशपछि धेरै बैंकहरुले करोडौं भन्दा बढी रकम सरकारलाई कर बुझाएसँगै बैंकहरुको शेयरमूल्य घटेको जानकार बताउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*