लाभांश खानेबेलामा लघुवित्तहरुको शेयरमा उच्च गिरावट

७ पुष २०८०, शनिबार १२:५४

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोेरो अंकले घटेको छ । बिहीबार शेयर बजार ३२ अंकले घटेर २१०९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै बिहीबार कारोबार भएको बैकिङ्ग उपसूचक २ दशमलव ०२ प्रतिशत अर्थात ७८ अंकले घटेर ३७७५ को विन्दुमा कायम भएको छ ।

बिहीबार कारोबार भएका लघुवित्त कम्पनीहरुमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ । त्यस्तै, ४५ कम्पनीको शेयरमूल्य घटेको छ र २ कम्पनीको सोही मूल्यमा कारोबार भएको छ ।

कारोबारको साताको अन्तिम दिन धौलागिरी लघुवित्त, आशा लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*