नेपाल बैंकको सिईओेमा तिलकराज पाण्डेय नियुक्त

६ पुष २०८०, शुक्रबार १७:५०

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओे)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंकको बोर्डको आज बसेको बैठके यो निर्णय गरेको हो ।

सिईओ छनोट समितिले आज पाण्डेयसहित सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलको नाम सिफारिस गरेको थियो । सोमध्येबाट उनलाई बोर्डको
छनोट समितिले चयन गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*