लघुवित्तका ऋणीहरुलाई कर्जा नविकरण गर्ने छुट सुविधा २०८१ वैशाख मसान्तसम्म

८ पुष २०८०, आईतवार १७:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुलाई आगामी वर्ष २०८१ वैशाख मसान्तसम्म कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा प्रदान गरेको छ ।

केन्द्रीय बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गरेर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न छुट सुविधाको व्यवस्था गरेको हो ।

एकीकृत निर्देशनमा उल्लेखित २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुनर्तालिकीकरण वा पुनर्संंरचना गर्न सकिने भन्ने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले ‘यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० असार मसान्तसम्म सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र भक्तानी अवधि बढीमा १ वर्ष थप हुने’ भनी संशोधित निर्देशन जारी गरेको छ ।

जहाँ पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० चैत मसान्तसम्म निवेदन लिई २०८१ वैशाख मसान्तभित्र गरिसक्नुपर्नेछ, भनिएको छ । कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा शर्तहरु पालना गरेर एक पटकका लागि पुनर्तालिकीकरणको सुविधा दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*